October 20, 2017

एमालेद्वारा महाअभियोगको कडा भर्त्सना, प्रतिवाद गर्ने चेतावनी

काठमाण्डौ, १७ वैशाख । नेकपा एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव आफ्नो स्वार्थका लागि भन्दै गम्भिर खण्डन गरेको छ ।

एमाले सचिव योगेश भट्टराईले भने, ‘सत्तासिन पार्टीहरुले संसदीय मर्यादाको उल्लंघन गर्दै संसदको अधिकारको दुरुपयोग गरेका छन् ।’ एमालेले यसविरुद्ध कडारुपमा प्रतिवाद गर्ने सचिव भट्टराईले बताए । उनले यो असंवैधानिक कदमले महिलामाथि अपमान गरेको भन्दै सरकार अलोकतान्त्रिक र अराजक कामको अभ्यासमा लागेको आरोप लगाए ।

त्यस्तै एमालेका अर्का नेता अग्नि खरेलले सरकारको यो निर्णयले मुलुकलाई अस्थिर बनाउने भन्दै यो निर्वाचन रोक्नका लागि खेलिएको खेल भएको दाबी गरे । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले सरकार संवैधानिक विधि र प्रक्रियाबाट विमुख भएको जीकिर गरे ।