महाअभियोग प्रस्तावमा असन्तुष्टि जनाउँदै गृहमन्त्री निधिद्वारा राजीनामा

काठमाण्डौ, १७ वैशाख । प्रधान्यायाधिश सुशीला कार्कीको महाअभियोग प्रस्ताव पारित भएसँगै गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन् ।

प्रधान्यायाधिश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको सम्बन्धित स्रोतले जानकारी दियो । प्रधानन्याधिश कार्कीको महाअभियोग प्रस्ताव पारित भएसँगै निधिको राजीनामालाई लिएर आशंका व्यक्त गरिएको छ ।

गृहमन्त्री निधिले सुशीला कार्कीको कारणले नभई पार्टीभित्रको अन्तरविरोधले गर्दा राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । महाअभियोग प्रस्तावबारे आफूलाई कुनै जानकारी नदिइएको भन्दै निधिले गुनासो व्यक्त गरेका थिए ।