September 25, 2017

नेकपा एमाले मोरङ–काठमाडाैं मञ्चद्वारा रतुवामाइका बाढी पीडितलार्इ राहत वितरण

रंगेली २९ भदौ  । मोरङ रतुवामाई नगरपालिकाका बाढी पिडित ३ सय ५० परिवारलाई नेकपा एमाले मोरङ–काठमान्डौ सम्पर्क मञ्चले राहत वितरण गरेको छ ।

मञ्चले गत साउन २८ गते आएको बाढीका कारण पिडित रतुवामाई नगरपालिका वार्ड नं.५ लारीकट्टा र आनन्द टोलका बाढी प्रभावितप्रति परिवार १५ केजी चामल वितरण गरेको हो ।

पिडित परिवारलाई मोरङ क्षेत्र नं.१ का सभासद् ऋषिकेश पोखरेल, मञ्च अध्यक्ष नविन पौडेल, अनेरास्ववियुका नेता भास्कर खनाल लगायतले सामाग्री वितरण गरेका थिए । साथै मञ्चले सुन्दरहरैचा नगरपालिका ११ मा बाँध निर्माणका लागी २० ट्रक बोल्डर खरिदका लागी रकम हस्तान्तरण गरेको छ ।

यस्तै बेलबारी नगरपालिका वार्ड नं.१ का बाढी पिडीत परिवारलाई कर्कट पाता उपलब्ध गराउन उपमेयरलाई ४० हजार रुपैया प्रदान गरेको मञ्चका अध्यक्ष पौडेलले बताए ।