प्रदेश नम्बर २ मा ५० सिट जित्छाैः देवेन्द्र पौडेल

बारा, २९ भदौ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले अासन्न  प्रदेश नम्बर २ काे स्थानीय तह निर्वाचनमा अाफ्नाे पार्टीले कम्तिमा ५० सिट जित्ने दावी गरेका छन् ।

बिहीबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता पौडेलले साे कुरा बताएका हुन् । उनले स्थानीय तहका पहिलो र दोस्रो चरणको निर्वाचनभन्दा तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले धेरै प्रगति गर्ने विश्वास दिलाए ।

पौडेलले भने- यस पटक यहाँका जनताहरुले हामीलाई मन पराउँछन्, एमालेको हल्ला खल्ला देखावटी मात्रै हो, उनीहरु संघीयता र गणतन्त्र चाहँदैनन् । उनले एमालेले मधेश विरोधी गतिवधि गरेर मधेसी जनताकाे अधिकार कटाैती गरिरहेकाे पनि अाराेप लगाए ।