हेटौडाबाट एक लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ

मकवानपुर, २९ भदाै । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक लाख ३० हजार रुपैयाँसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।

उनिहरुलाई मकवानपुर हेटौडा उपमहानगरपालिका ७ शान्ति टोल स्थित एक कुखुरा फर्ममा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए ।

उनिहरुको साथबाट एक लाख तीस हजार छ सय पच्चीस रुपैयाँ  र १३ बुक तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० बमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।