September 25, 2017

सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाण्डाै,२९ भदाै । १९ वर्षमुनिकाे एसीसी  इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ ।

सिंगापुरले पेश गरेको ६८ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा भेट्टायो । आसिफ शेख ६ रनमा अाउट भए । त्यसपछि ब्याटिङमा आएका अनिल साह १५ बलमा ३ चौकको मदतले १८ रन जोड्दै क्याच आउट भए । ओपनर सन्दिप सुनारले सर्वाधिक २० रनको योगदान दिँदा सुमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे ।

सिंगापुरका लागि सिद्धान्त र कप्तान अर्यमन सुनिलले सर्वाधिक २० रन जोडेका थिए भने पाँच ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।  टस जितेर ब्याटिङ रोजेको सिंगापुर २८ ओभर ३ बलमा अाफ्नाे सबै विकेट गुमाएर ६७ रनमा समेटियाे । पवन शर्राफले ६ विकेट लिए ।

उनले ८ ओभरमा ४ मेडन राख्दै १२ रन खर्चे । नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले पनि १/१ विकेट लिए । सिंगापुरका लागि अभि दीक्षितले २ तथा अंश भार्गभाले १ विकेट लिए ।