मलेसियाको एक धार्मिक विद्यालयमा भीषण आगलागी, २४ जनाकाे मृत्यु

काठमाण्डाै, २९  भदौ । मलेसियाको राजधानी क्वालालम्पुर स्थित एक धार्मिक विद्यालयमा अाज बिहान आगलागी हुँदा २४ जनाको मृत्यु भएकाे छ ।

आगलागीका कारण विद्यार्थी र शिक्षक गरी २४ जनाको  मृत्य भएको छ । विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षकहरू झ्यालमा फलामको ग्रिल रहेकाले उनीहरु भाग्न नसकेले ज्यान गएकाे हाे ।

मलेसियाको उद्धार कमिटिका निर्देशक खिरुद्दिन दुहराम्यानले पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो विपद रहेको बताए । घटनामा ज्यान गुमाउनेमा २२ जना विद्यार्थी र २ शिक्षक रहेका छन् । ज्यान गुमाउने सबै १३ देखि १७ वर्षसम्मका छात्र रहेका छन् ।

यस्तै दुईजना शिक्षकको पनि ज्यान गएको छ । केही विद्यार्थीहरुलाई घाइते अवस्थामा अस्पताल पुर्‍याइएको छ । अहिले उद्धारको काम भइरहेको छ ।