September 25, 2017

आज कांग्रेसका शीर्ष नेताले सर्लाही र रौतहटमा चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडौ, २९ भदौ । नेपाली कांग्रेसका शीर्ष नेताले अाज सर्लाही र रौतहटमा चुनावी सभालाई संबोधन गर्दैछन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव लगायत केन्द्रीय नेताले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै उनिहरुले बेलुका ४ बजे रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्ने काँग्रेस प्रचार प्रसार उपसमिति  रौतहटका प्रतिनिधि अजबाबु सिवाकोटीले जानकारी दिए ।

रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि नेता कार्यकर्तासँग छलफल र भेटघाटका लागि बिहीबार नै वीरगञ्ज जाने कार्यक्रम छ । प्रधानमन्त्री देउवासहित शीर्ष नेताकोको टोली शुक्रबार वीरगन्ज र बाराको कलैयामा हुने सभालाई संबोधन गर्ने छ । त्यसपछि प्रधानमन्त्री देउवाको भोली नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।