इर्मा आँधीका कारण फ्लोरिडाको नर्सिङ होममा विद्युत नहुँदा ८ जनाको मृत्यु

काठमाण्डाै, २९  भदौ । अमेरिकाको फ्लोरिडामा इर्मा आँधीका कारण हप्ता दिनसम्म विद्युत आपूर्ति नहुँदा नर्सिङ होममा रहेका ८ जनाको मृत्यु भएको छ ।

तीनजना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्था भेटिएको र अरु पाँचजनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको ब्रोवार्ड काउन्टीक मेयर बार्बरा शारिइफले बताए । अरु एक सय १५ जनालाई हलिवुड हिल्स फ्यासिलिटीको नर्सिङ होमबाट उद्धार गरिएको छ । इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत आपूर्ति प्रभावित भएको छ ।

अहिले पनि एक करोड भन्दा बढी मानिस विद्युत आपूर्ति बिना बसेका छन् । इर्मा आँधीका कारण अमेरिकामा मात्रै २४ जनाभन्दा बढीको ज्यान गइसकेको छ । यो आँधीका कारण क्यारेबियन क्षेत्रमा ४० जनाको ज्यान गएको थियो ।