August 19, 2017

दिल्ली ६७ रनमा समेटिएपछि पञ्जाब १० विकेटले विजयी

काठमाण्डौ, १७ वैशाख । आइपिएल अन्तर्गत आजको पहिलो खेलमा किंग्स एलाभेन पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई १० विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्ली १७.१ ओभरमा १० विकेट गुमाउँदै ६७ रनमा सीमित हुँदा जम्मा ३ खेलाडीले दोहोरो अङ्क छुन सके । पञ्जाबका लागि सन्दिप शर्मालले घातक बलिङ गर्दै ४ विकेट हात पारे । त्यस्तै अक्षर पटेल र वरुण आरोनले समान २–२ विकेट लिँदा मोहित शर्मा र ग्लेन म्याक्सवेलले पनि १–१ विकेट लिए ।

६८ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको पञ्जाबका लागि मार्टिन गुप्तिलको सानदार अर्धशतकीय पारीमा पञ्जाबले ७.५ ओभरमा नै बिना विकेटको क्षतिमा जित दर्ता गर्यो । अाइपिएलमा पञ्जाबकाे याे पहिलाे १० विकेटकाे जित बनेकाे छ ।

अाज राति हुने खेलमा भने काेलकत्ता नाइट राइडर्स र सनराइज हैदराबाद भिँड्दैछन् ।