September 25, 2017

एमालेले देशमा फाटो ल्यायो : देउवा

बर्दिबास २८ भदौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही तत्वहरु नेपाल र भारतबीच मात्रै होइन मधेश, पहाड र हिमालबीच फाटो ल्याउन सक्रिय रहेकाे बताएका छन।

महोत्तरी जिल्लाको बर्दिबासमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्री देउवाले एमालेकै गैरजिम्मेवारीपूर्ण निर्णयको कारणले देशमा फाटो आएको दावी गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘यो सबै मिलेर बसेको देश हो, तर एमालेकै कारणले अहिले देशमा फाटो आएको छ ।’  देउवाले यसैकारणले अबको चुनावमा एमालेलाई सबैले मिलेर पाखा लगाउनुपर्ने  र विकास र समृद्धिकालागि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरे ।

उनले बाढी नियन्त्रण गर्न बाँध निर्माणको लागि नेपाल – भारतकाे संयुक्त टिम बनिसकेको जानकारी गराउदै नेपाली काँग्रेसले सदाको लागि डुवान र बाढीलाई अन्त्य गर्ने बताए ।

कांग्रेसकाे सरकार अाएमा विकास अाउछ : पौडेल

सोही चुनावी सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले राजनीतिक अस्थिरताको कारणले देशमा विकास नभएको बताउदै काँग्रेसको बहुमत आयो भने विकास आउने दावी गरे ।

पाैडेलले अब मुलुकमा  विकास र समृद्धिकालागि काम गर्नु पर्ने भएकाले उक्त काम नेपाली कांग्रेसकाे नेतृत्वमा मात्र संभव भएकाले चुनावमा कांग्रेस उम्मेद्वारलाई मतदान गर्न अाग्रह गरे ।

मधेशीलाई कांग्रेसले मात्र अधिकार सम्पन्न बनाँउछ : शशांक

त्यसैगरी महमहामन्त्री डा शशांक कोइरालाले मधेशीलाई अधिकारसम्पन्न बनाउने तथा समृद्ध राज्य बनाउने गरी दुईवटा एजेण्डा मात्रै अहिले काँग्रेससँग भएको बताउनुहुदै नेपाल र मधेश बनाउने पार्टी काँग्रेस मात्रै भएको बताए ।

सो चुनावी सभामा काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, प्रदिप गिरी, बालकृष्ण खाँड, गगन थापा, कल्याण गुरुङ्गलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।