October 22, 2017

निर्वाचनमा भोज भतेर गरे उम्मेद्धवारी रद्द गरिने प्रमुख निर्वाचनआयुक्तकाे चेतावनी

काठमाडौं, २८ भदौ । प्रमुखनिर्वाचनआयुक्त डा. अयोधिप्रसादयादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारहरुको उम्मेद्धवारी नै रद्द गर्ने चेतावनी दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावीप्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने चेतावनीदिएकाहुन् ।

उनले भने,‘चुनावमा उम्मेद्धवारहरुले व्यापकखर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्महामीले कुनै प्रमाण फेलापारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेद्धवारहरुको उम्मेद्धवारी नै
खारेजसम्म गरिदिन्छौं ।’

यद्धपी उनले मधेशमाअहिले सामाजिक–साँस्कृतिपर्व चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोज भतेरलाई अन्यथा लिन नहुने धारणा राखे ।
निर्वाचन आचार संहिता जारी भएको अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल बिस्तारमाआयोगको पूर्णध्यानाकार्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाहीगर्न नमिल्ने भनाई राखे।

‘के गर्नु प्रधानमन्त्रीलाई कारबाहीगर्नु भएन, यस बारेमा हाम्रो ध्यानाकार्षण भएको छ, बस त्यती हो,’ उनले भने,‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवानागर्न मिल्दैन्, तर यसको मतलव यो होईन कि आयोग निरीह भने छैन।’

आयोगको ध्यानाकार्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमा पत्रकारहरुसँग जवाफ पनि दिएको उनले जनाए । प्रधानमन्त्रीले संक्रमणकालिन अवस्थामा वाध्यतावस मन्त्रिमण्डल विस्तार गर्नु परेकाे स्वीकार गरेकाले अब आयोगले धेरै  विवाद गर्न नचाहेकाे यादवले बताए ।