वीरगञ्जमा अर्जुन नरसिंह केसीले भने- “मुसा मोटाएर हात्ति हुँदैन  र हात्ती दुब्लाएर मुसा हुनै सक्दैन ।”

वीरगन्ज,२८ भदौ ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले निर्वाचन पिच्छै नै पार्टी परिवर्तन गर्ने र सशस्त्र द्वन्द्वकालमा व्यापारीबाट रकम उठाउन लगाई कमिसन खाने उम्मेदवारसंग होसियार रहन वीरगञ्जवासीलाई आग्रह गरेका छन ।

वीरगञ्जकाे मरलिचोकमा अायोजित सभामा नेता केसीले जनताको अधिकारका नलडेका र पदकालागि निर्वाचन पिच्छे पार्टी परिवर्तन गर्दै आएका व्यक्तिले महानगरको पूर्वाधार विकास र आवश्यकतालाई पूरा गर्न नसक्ने बताए ।

उनलेअवसरवादीले आफ्नो स्वार्थ पूर्तीकालागि विभिन्न खाले भ्रमको खेती गरेको र प्रलोभनको जाल बुनी मतदाताको भोट खोस्ने दाउमा रहेकाले त्यस्ता बुहरुपियासंग सावधान हुन मतदातासंग आग्रह गरे ।

प्रदेश नम्बर २ को स्थानिय निर्वाचनमा नेपाली कांग्रेस देशको पहिलो पार्टी  बन्ने दावी गर्दै नेता केसीले भने ,“मुसा मोटाएर हात्ति हुँदैन  र हात्ती दुब्लाएर मुसा हुनै सक्दैन ।”

मधेसीको अधिकारकालागि संर्घष गर्ने र अधिकार दिलाउन सक्ने पार्टी काङ्ग्रेस नै भएकाले यस पार्टीलाई मधेसी जनताको अपार सर्मथन रहेको दावी नेता केसीले दावी गरे ।