September 25, 2017

जगबुडा नदीले वर्षेनी खेतियोग्य जग्गा कटान गर्दा कृषकहरु मर्कामा

सुरेश भट्ट/कञ्चनपुर, २८ भाद्र । नदी कटान रोकथामका लागि समयमै प्रभावकारी काम हुन नसक्दा कञ्चनपुरको माहाकाली नगरपालिका क्षेत्रबाट बग्ने जगबुडा नदीले बर्सेनी दर्जर्नौ कृषकहरुको खेतीयोग्य जमिन बगरमा परिणत भइरहेकाे  छ ।

भारतको नियन्त्रणमा रहेको जगबुडा नदी जुनसुकै बेलापनि नदीको ढोका खोलेर वर्षायाममा बर्सेनी हुने नदी कटान संगैको डुबानको समस्या विकराल हुदै जादा नदी आसपासका जग्गा समेत बालुवामय हुने गरेका छन् ।

महाकाली नगरपालिकाको नेपाल–भारत सिमा आसपासका बस्तीहरु जगबुडा नदीबाट प्रभावित बन्दै आएका छन् । नेपाल–भारत सीमा क्षेत्र आसपास हुदै पश्चिम-दक्षिण तर्फ बग्ने जगबुडा नदीमा बर्सेनी आउने बाढीले जग्गा कटान गर्ने गरेकाले स्थानिय कृषक चिन्तित बन्दै गएका छन ।

जगबुडा नदीमा आउने बाढीले सीमा क्षेत्रका सीमा स्तम्भलाई समेत क्षति पुर्याउने गरेको छ । जसका कारण सीमा स्तम्भहरु हराउने वा भत्किने समस्या पनि त्यत्तीकै बढेर गएको छ् । महाकाली नगरपालिका वडा नं. १० सिमा क्षेत्रसंग गासिएको १८ नम्वर पिल्लरसंगै बस्तीको २ बिघा भन्दा बढी जग्गा कटानी गरेको स्थानियले बताएका छन् ।

नगरपालिका वडा नं. ३ जामुनाघारी र बडवाल टोलमा करिब १ बिघा भन्दा बढी जग्गा नदीले बगाउदा स्थानिय कृषकहरु बिचिल्लीमा परेका छन् । आफ्नो खेतवारीमा लगाएको धान , उखु मकै वाली जग्गा कटान गरेर लगेकोले स्थानिय चिन्तित भएका हुन् ।

बर्षेनी नदिले यसरीनै उव्जाउ जमिन कटानी गर्दे जादा कञ्चनपुरमा सयौ विगाह जमिन बगरमा परिणत भैसकेको छ भने त्यस क्षेत्रका किसानहरुले बसाइनै छोडेर जानुपर्ने अवस्था आउने निश्चित देखिन्छ त्यसकारण स्थानिय सरकार तथा सम्वन्धित निकायले बेलैमा नदी कटान नियन्त्रणका लागी ठोस कदम चाल्नु जरुरी छ ।