September 25, 2017

सबै तहकाे निर्वाचन पछि संविधान कार्यान्यनकाे बाटाे खुल्छः सञ्चारमन्त्री

काठमाण्डाै, २८ भदाै । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सबै तहकाे निर्वाचन पछि संविधान कार्यान्यनकाे बाटाे खुल्ने बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक ३ नं क्षेत्रीय कार्यसमितिले आयोजना गरेको सम्मान कार्याक्रममा उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समाजमा भिजेका तथा जनताले उपयुक्त र रुचाएका व्यक्तिलाई उम्मेदवार बनाए मात्रै कांग्रेसको जित हुने भन्दै राम्रो उम्मेदवार सिफारिस गर्न आग्रह गरे ।