यु १९ एसिया कप छनौट क्रिकेट : नेपालसंग भुटान ९ विकेटले पराजित

काठमाडौं,२८ भदौ  ।  एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।

भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ अोभर ३ बलमा एक विकेट जाँदा पूरा गरेको हो । नेपालका सन्दिप सुनारले २६ बलमा २१ रन, अाशिफ शेखले २१ बलमा अविजित २३ रन साथै  अनिल कुमार शाह ५ बलमा ४ रन अविजित रहे । मलेसियामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

यस जितसँगै नेपाल सेमिफाइनल पुगेको छ । नेपाल सम्मिलित समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गर्यो । सिंगापुरले यसअघि भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो । नेपाल र सिंगापुर समूह विजेताको छिनोफानो गर्न बिहीबार भिड्दैछन् ।