August 17, 2017

निर्वाचनका लागि अभियान नै चलाउनुपर्नेमा जोड

काठमाण्डौ १७ वैशाख । नागरिक अभियानले स्थानीय तहको निर्वाचन  स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै अभियानले निर्वाचनका लागि प्रचार प्रसार सम्बन्धी जानकारी दिनुपर्नेमा जोड दिएको छ । ठूलो मतपत्र भएका कारण मतदाता अल्मलिन सक्ने हुँदा अभियानले प्रचारप्रसारमा जोड दिएको हो ।

मतदान केन्द्रको दूरी पाँच किलोमिटर टाढा भएको ठाँउमा अपाङ्गता भएका व्यक्तिहरु र वृद्धवृद्धाहरुको मतदान सुनिश्चितता गर्नुपर्नेमा अभियानको जोड रहेको छ ।

एक बुथमा कम्तीमा दुई देखि तीनवटा छाप लगाउने स्थान बनाउनु पर्नै, मतदान केन्द्रमा सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिइएको अभियानका सहअध्यक्ष सुबाेधराज प्याकुरेलले जानकारी दिए ।

साथै अभियानले तराईका दक्षिणी भेगमा मतदाता, उम्मेदवारकाे मर्यादा, सुरक्षा र स्वतन्त्रताको स्थिति सन्तोषजनक नरहेको भन्दै यसप्रति निर्वाचन आयोग र नेपाल सरकारको ध्यान जान जरुरी रहेको जनाएको छ ।