November 19, 2017

देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च

काठमाडौ, २७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन जाने भएका छन् ।

२४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दे आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको टोलीमा न्यूयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण टोलीको नौ दिनका लागि चार करोड ५५ लाख ४१ हजार खर्च हुने भएको छ । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।