August 23, 2017

प्रधानन्यायाधिश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाण्डौ, १७ वैशाख । सत्तासिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले आर्इतबार प्रधान्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाअभियोग प्रस्ताव गर्नेहरुमा नेपाली कांग्रेसबाट सांसद मिन विश्वकर्मा र माओवादीका प्रमुख सचेतक टेकेन्द्रबहादुर बस्नेत रहेका छन् । महाअभियोग प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले हस्ताक्षर गरेका छन् । उक्त प्रस्तावमा कांग्रेसका १८९ र माओवादीको ६० सांसदले हस्ताक्षर गरेका हुन् ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै कार्कीलाई निलम्बन गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइसकिएको स्रोतले जनाएको छ। संवैधानिक व्यवस्थाले के भन्छ भने संसदका एक तिहार्इ संसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि उनी स्वतः निलम्बनमा पर्ने छिन्।

प्रहरी महानिरीक्षक नियुक्तिको विवाद देखि न्यायिक फैसला गर्न असक्षम लगायतका आरोपमा कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरिएको हो । यद्दपि कार्की आउँदो जेठ २४ गते सेवानिवृत्त हुँदै थिइन् ।