September 25, 2017

थाइल्याडमाथि नेपालकाे शानदार जित, अनिल र सन्दिपद्वारा उत्कृष्ट प्रदर्शन

काठमाण्डौ, २६ भदौ  । १९ वर्षमुनिकाे एसिसी एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडमाथि शानदार जित हासिल गरेको छ ।

नेपालले अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गरेकाे हाे । २ सय ८२ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याडले १० ओभरमा २६ रन बनाएर आफ्नो सबै विकेट गुमाएको छ ।

थाइल्याण्डका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि मलेसियाको ओमन क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रनको योगदान गरे ।

त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए  । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाए ।