प्रमुख तिन दल मधेस विरोधी भएकाे उपेन्द्र यादवकाे अाराेप

जनकपुर, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस, एमाले र माओवादी केन्द्र मधेस विराेधी भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपाल धनुषाशाखाले जनकपुरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा यादवले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा भोट माँग्ने नैतिकता गुमाएको पनि आरोप लगाए।

यादवले भने,“संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भिर भुल गरेको छ, त्यसैले उसले मधेशमा भोट माँग्ने नैतिकता नै गुमाएको बताए । त्यस्तै उनले आफ्नो पार्टीले अहिले संविधान संशोधनमा जोड नदिई निर्वाचनमाजोड दिएको समेत स्पष्ट पारे ।

यादवले चुनावपछि संविधान सच्याएर नै छाड्ने दावी गरे । सरकारले दिने सेवामा अत्यन्तै कमजोरी भएका र भ्रष्टाचार बढेको भन्दै मुलुकमा अहिले लोकतन्त्र नभएर लुटतन्त्र मौलाएको यादवले बताए ।