September 25, 2017

एसिसी यु १९ एसिया कप , ९ रनले चुके अनिल शतकबाट

काठमाडौं,२६ भदौ । एसीसी यू–१९ इस्टर्न  रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसँग पहिले ब्याटिङ क्रममा नेपाका अनिल कुमार साह ९१ रन बनाएर आउट भएका छन् ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिलले ७४ बलमा ९१ रन बनाए । उनी शतक बन्नबाट ९ रनले चुके । ३१ बल डट खेलेपनि उनले ९१ रन जोड्न ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।