एर्माका कारण फ्लोरिडामा ठूलो बाढी तथा हावाहुरी निम्तियाे

काठमाण्डाै ,२६ भदाै । संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा प्रवेश गरेको समुद्री आँधी एर्मा उत्तरतर्फ बढ्दै गर्दा त्यसले तटीय क्षेत्रमा व्यापक बाढी तथा हावाहुरी निम्त्याएको छ ।

शक्तिशाली आँधीका कारण २० लाखभन्दा बढी घर तथा कलकारखानामा बिजुली आपूर्ति बन्द भएको छ । जसका कारण अहिलेसम्म फ्लोरिडामा  तीनजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडामा ठूलो संकट आएका भन्दै संघ सरकारबाट थप आपतकालीन सहायता निकासा गरेका छन् । एर्मा आँधीलाई ठूलो राक्षसको संज्ञा दिंदै ट्रम्पले आँधीका बेला सहयोगमा जुटिरहेका संघीय निकायहरुको प्रशंसा गरेका छन् र आफू छिट्टै प्रभावित राज्य जाने बताएका छन् ।

यसअघि उक्त अाँधीका कारण क्यारिबियन क्षेत्रमा व्यापक धनजनकाे क्षति भएकाे थियाे । साे क्षेत्रमा २८ जनाको मृत्यु भएसंगै फ्लोरिडामा ६३ लाख मानिसहरू विस्थापित भएका थिए ।