October 20, 2017

शिक्षा प्रणालीमा पनि परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल

भक्तपुर, १७ वैशाख । शिक्षा मन्त्री धनीराम पौडेलले देश संघीयतामा गई सकेकोले शिक्षा प्रणालीमा पनि परिवर्तन गर्नु पर्ने बताएका छन् ।

प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमीको रजत जयन्तीको अवसरमा मन्त्री पौडेलले देश संघियताको कार्यन्वयनकाे चरणमा रहेकोले देशको शैक्षिक, प्राविधिक र प्रशासनिक संरचनाहरु समानुकुल परिवर्तन अनिवार्य रहेको बताएका हुन् ।

मन्त्री पाैडेलले राज्य प्रणालीको पुन संरचना गर्दै प्राविधिक शिक्षालाई नेपालका २४० निर्वाचन क्षेत्रमा विस्तार गरी आम नागरिकको प्राविधिक शिक्षामा पहुँचवृद्धि गर्नुपर्ने बताए ।

उनले प्राविधिक शिक्षा विस्तारका लागि सार्वजनिक तथा माध्यमिक विद्यालयहरुमा अहिलेको प्राविधिक शिक्षाको धारलाई अझै विकास गर्दै लैजानुपर्नेमा पनि जोड दिए । सो अवसरमा प्रतिष्ठानमा २५ वर्ष सम्म योगदान दिने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।