October 18, 2017

नेपालले राम्रो आर्थिक वृद्धि हासिल गर्न सक्नेमा गभर्नरको जोड

काठमाण्डौ, १७ वैशाख । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने बताएका छन् ।

प्राइम कमर्शियल बैंकको नवनिर्मित भवनको आईतबार उद्घाट गर्दै नेपालले चालु आर्थिक वर्षको आर्थिक वृद्धि करिब ७ प्रतिशत भएको बताउँदै भविष्यमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने बताएका हुन् । बैकिङ क्षेत्रलाई सुरक्षित र पारदर्शी बनाउन राष्ट्र बैंकले धेरै काम गरेको उनको भनाई छ ।

बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्राप्तिपछिको एकिकृत कारोबार सञ्चालन गरेको छ । विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्राप्तिपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड रुपैयाँ भएको छ । ८ अर्ब पुँजी पुर्‍याउन बैंकले बोनस सेयर जारी गर्ने बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठले बताए । यो सँगै बैंकको निक्षेप ५९ अर्ब ६९ करोड र कर्जा ५४ अर्ब ९८ करोड रुपैयाँ भएको छ ।