August 20, 2017

चुनाव हुनेमा आशंका नगर्न दलका नेताको जोड

काठमाण्डौ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

व्यवस्थापिका संसदको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले चुनाव हुँदैन भन्ने बाहिर आएको हल्लाको पछि नलाग्न पनि आग्रह गरे । चुनाव पनि हुने र संशोधन पनि पारित हुने बताउँदै उनले पहिलो चरणको चुनावका लागि कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको मनोनयन हुने पनि बताए ।

त्यस्तै नेपाली काँङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चुनाव हुनेमा कसैलाई आशंका नगर्न आग्रह गरे । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संशोधनका बिषयमा आफ्नो अडान कायमै रहेको बताउँदैे सदनको बैठक २१ गते सारेर सहमतिका प्रयास खोजिनु सकारात्मक रहेको जानकारी दिए ।

बैठकपछि मधेशी मोर्चाका नेता उपेन्द्र यादवले दलहरुबीचको सहमति खोज्नका लागि बैठक सारिएको बताए ।