October 20, 2017

अस्थायी शिक्षक आन्दोलनमा उत्रने

काठमाण्डौ, १७ वैशाख । अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आईतबार समितिले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, आई.एल.ओ सन्धि कार्यान्वयन गर्नुपर्ने, विभेदकारी ऐन खारेज गर्नुपर्ने लगायतका मागसँगै शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

आन्दोलन घोषणाको लागि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समितिका अध्यक्ष हेम चौलागाँईले सरकारले तत्काल आफ्ना मागहरू सम्बोधन नगरे आन्दोलनले उग्र रुप लिने चेतावनी समेत दिए । समितिले वैशाख १८ गते प्लेकार्ड सहितको आन्दोलन, १९ र २० गते देश भरका सामुदायिक विद्यालयहरू बन्द गरी जिल्ला शिक्षा कार्यलयहरूमा तालाबन्दी  गर्ने बताएको छ ।

त्यस्तै वैशाख २१ गते शिक्षा विभागमा धर्ना दिने र वैशाख २२ गते शिक्षा सेवा आयोगमा धर्ना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।