April 24, 2017

सचिनः अ बिलियन ड्रिम्स’ को ट्रेलर सार्वजनिक

काठमाण्डौ, ३१ चैत्र । क्रिकेटमा भगवान मानिने भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको जीवनीमा बनेको फिल्म ‘सचिनः अ बिलियन ड्रिम्स’ को ट्रेलर सार्वजनिक भएको छ ।

उक्त ट्रेलरमा सचिनको साथै पूर्व भारतीय क्रिकेटका कप्तान महेन्द्र सिंह धोनीलाई पनि देख्न सकिन्छ । यसमा सचिनले भनेका छन्, ‘क्रिकेट खेल्नु मेरो लागि मन्दिर जानु जस्तै थियो ।’ जेम्स अर्सकिनले निर्देशन गरेको यो फिल्म २६ मे मा रिलिज हुने छ ।

स्मरण होस् यसअघि महेन्द्र सिंह धोनीको जीवनीमा आधारित फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’ पनि बनेको थियो । जुन व्यवसायिक रुपमा पनि सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *