September 25, 2017

युरोपियन युनियनद्वारा उत्तर कोरियाविरुद्ध थप नाकाबन्दी लगाउने तयारी

काठमाण्डाै, २३ भदौ । युरोपियन युनियनले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको युनियनका कूटनीतिक विभग प्रमुख फेडरिका मोगारिनीले जानकारी दिएका छन् ।

उनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु भएको बताएका हुन् ।

मोगारिनीले भने उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दी लगाउने बारेमा मैले मन्त्रिपरिषदका सदस्यहरुलाई भनेको छु, अब यसले छिट्टै नै पूर्णता पाउने छ । उत्तर कोरियामाथि विभिन्न देश र संघ संस्थाले थप नाकाबन्दी तथा कारबाहीको घोषणा गर्ने जनाएका छन् ।

सो आणविक परीक्षणको विरोधगर्दै आएको युरोपियन युनियनले पनि उसका विरुद्ध नाकाबन्दीको तयारी गरेको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको यस कदमको विरोध गरेको छ ।

उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउनुका साथै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै कडा कारबाहीको पनि प्रस्ताव गरेको जनाइएको छ  ।