भारतकी वरिष्ठ पत्रकार लंकेशको गोली हानी हत्या

काठमाण्डाै २१ भदौ । भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ ।

दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको  गोली हानी हत्या गरिएकाे हाे । ५५ वर्षीया गौरी मंगलबार साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।उनि माथि गोली किन हानिको हो भन्ने बारे अहिलेसम्म कुनै जानकारी अाएकाे छनै ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् ।