१२ बर्षकी बालिकासँग विवाह गर्न थालेका यादव पक्राउ

उमेश दुबे /बारा, १७ बैशाख । उमेर नपुगेकी बालिकासँग  विवाह विवाह गरिरहेकाे अवस्थामा बारा  प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

बाराको कवहीगोठबाट एक जना १२ बर्षिय बालिकासँग विवाह गरिरहेकाे बेला कलैया उपमहानगरपालिका वडा नं. १३ छोटकी फुलवरीया का २५ बर्षिय रामनरेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेकाे हो ।
बाराको सुर्वण गाउपालिका वडा नं. २ कवहीगोठ स्थित बालिककै घरमा बेहुला रामनरेश प्रसाद यादवले विवाह गर्ने क्रममा पक्राउ गरेकाे बारा प्रहरीले जनाएको छ ।

१२ बर्षिय बालिकासँग २५ बर्षका युवककाे विवाह हुन थालेकाे सूचनाका अाधारमा  जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय कवहीगोठको संयुक्त टोलीले दुलही पहिरनमा बालिकाकाे उद्धार गरेकाे हाे ।

विवाह गराउने कार्यमा सँलग्न बालिकाका बुवाअामा र अाफन्त सबै फरार हरेकाे प्रहरीले बताएकाे छ ।