September 25, 2017

उत्तर कोरियाले युद्धको सुरुवात गर्न खाेज्याेः अमेरिका

काठमाण्डाै, २० भदौ । उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ युद्धको सुरुवात गर्न खाेजेकाे अमेरिकाले आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि उमेरीकी दूत निकी हेलीले किम जोङ उनले जथाभावी क्षेप्यास्त्र र परमाणु अस्त्र प्रयोग गरेर नयाँ युद्धको सुरुवात गर्न खाेजि रहेकाे बताएकी छन् । उनले जथाभावी क्षेप्यास्त्र र परमाणु अस्त्र प्रयोग गरेकाे भन्दै उत्तर कोरिया युद्धका गर्न उत्साहित रहेकाे अाराेप लगाइन ।

उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि बसेको सुरक्षा परिषद्को आकस्मिक बैठकमा अमेरिका युद्धको पक्षमा नरहेको तर आफूहरुको धैर्यता असिमित रहेको हेलीको भनाई छ । अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने प्रस्ताव गरेको छ ।

बैठकमा उत्तर कोरियाको मुख्य सहयोगी रहँदै आएको चीनले वार्ताको प्रस्ताव गरेको छ । त्यसका लागि स्वीट्जरल्याण्डले मध्यस्थता गर्ने बताएको छ । परमाणु परीक्षण्को प्रतिक्रिया स्वारुप दक्षिण कोरियाले सोमबार लाइभ–फायर एक्सरसाइज गरेको थियो ।

उत्तर कोरियाले नयाँ मिसाइल परीक्षणको तयारी गरेको विश्लेषकले बताएका छन् । उत्तर कोरियाले आइतबार परीक्षण गरेको हाइड्रोजन बम सन् १९४५ मा जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा ठूलो रहेको विश्लेषण गरिएको छ ।