सिराहामा अागलागी : फर्निचर पसल नष्ट

दिनेश शर्मा /राजविराज, १७ वैशाख । सिरहाको सिरहा नगरपलिका–१७ मा बेचन यादवको फर्निचर उद्योगमा आइतबार विहानै आगलागी भएको छ । आगलागिमा करिव १५ लाख मुल्य वरावरको क्षती भएको छ ।
विद्युत सर्ट भई अचानक सुरु भएको आगोले यादवको फर्निचर तथा फर्निचर बनाउने अन्य काठपात समेत जलेर नष्ट हुँदा उक्त परिमाणको क्षति भएको सिरहा प्रहरीले जनाएको छ ।
आगलागी प्रहरी, वारुणयन्त्र तथा स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।