October 22, 2017

एमालेले भन्यो – ‘निर्वाचन हुन नदिने षडयन्त्र हुदैछ’

काठमाण्डौ १६ बैशाख । नेकपा एमाले स्थायी समिति बैठकले स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।

शनिबार एमाले पार्टी कार्यालयमा बसेको स्थायी समितिको बैठकले निर्वाचनलाई अन्योल र अनिश्चय तिर धकेल्न विभिन्न पक्षबाट षडयन्त्रभएको निष्कर्ष निकाल्दै घोषित मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।

निर्वाचन हुन नसके संविधानको कार्यान्वयनमा समस्या आउने तर्फ सरकार र प्रमुख राजनीतिक दलहरु गम्भिर हुनुपर्नेमा एमालेले जोड दिएको छ ।

बैठकलेस्थानीय तहको निर्वाचनका लागिप्रदेश नम्बर ६ का नगरपालिका र गाउँपालिकामा उम्मेद्वारको टुङ्गो लगाइसकेको बताइएको छ । यस्तै एमालेले प्रदेशका नम्बर ३ का उम्मेदवारको नामावली छान्नेकाम ९० प्रतिशत सकिएको जनाएको छ ।