October 20, 2017

जेठ १५ को बजेट अाचार सँहिता विपरित हुने

काठमाण्डौ १६ बैशाख । निर्वाचन आयोगले दुईवटा निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
शनिबार बसेको आयोगको बैठकले यस्तो निर्णय गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । गत फागुन १८ गतेदेखि लागू हुने गरी स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको र आचारसंहिता दोस्रो चरणको निर्वाचन अवधिभरसमेत यथावत् कायम रहने हुदा दुवै निर्वाचनको बीचमा सरकारबाट नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निर्वाचन आचारसंहिता अनुकूल नहुने आयोगको निष्कर्ष रहेको छ ।

सरकारले निर्वाचनलाई लक्षित गरेर मतदाता प्रभावित हुन सक्ने सम्भावनालाई ध्यान दिँदै आयोगले पछिल्लो निर्णय गरेको बताइएको छ । सरकारको निर्णयअनुसार यही वैशाख ३१ गते पहिलो र जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा भई निर्वाचनका कार्यक्रमहरुसमेत सार्वजनिक भइसकेका छन् । दुवै निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निर्वाचन आचार संहिचा अनुकूल नहुने आयोगको निर्णयमा उल्लेख छ ।