August 17, 2017

अमेरिकाकी पहिलो मुस्लिम महिला न्यायाधिश शीला अब्दुस मृत फेला

काठमाण्डौ, ३१ चैत्र । अमेरिकाकी पहिलो मुस्लिम महिला न्यायाधिश शीला अब्दुस सलामको शव हड्सन नदीमा पाइएको छ । ६५ वर्षीया शीला न्युयोर्कको सर्वाेच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधिश पनि हुन् ।

‘प्रिन्सटन इन्साइक्लोपिडिया अफ अमेरिकन हिस्ट्री’ मा न्याधिश अब्दुस सलामको नाम अमेरिकाकी पहिलो मुस्लिम महिला न्यायाधिश भनेर लेखिएको छ । न्युयोर्क पुलिसको अनुसार आपत्कालीन फोन आएपछि उनलाई पानीबाट निकालिएको र पछि मृत घोषित गरिएको हो ।

पुलिसको अनुसार न्यायाधिश अब्दुसका श्रीमानले उनी हराएको उजुरी दर्ता गराएका थिए । उनका पतिले भने, ‘मंगलबार बिहानदेखि उनको बारेमा कुनै जानकारी थिएन ।’ पोस्टमार्टमपछि मृत्युको कारण थाहा हुने पुलिसले बताएको छ ।

सन् १९५२ मा वासिङ्टनमा जन्मिएकी शैला सलामलाई गभर्नर मारियो कुओमोले न्युयोर्क कोर्ट अफ अपिल्समा नियुक्त गरेका थिए ।