७ वर्षभित्र १७ हजार मेगावट विद्यूत उत्पादन गरिने उर्जामन्त्रीको उदघोष

नरेश के.सी./ भैरहवा, बैशाख १६ । ७ वर्ष भित्र १७ हजार मेगावट विद्यूत उत्पादन गर्ने  सरकारको लक्ष्य रहेको उर्जामन्त्री जर्नादन शर्माले बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा  मन्त्री शर्माले भने-  ‘सरकारको प्रत्यक्ष निगरानीमा ८ हजार र निजी क्षेत्रको सहभागीतामा ९ हजार मेगावट उत्पादन गर्ने लक्ष्य छ ।’ उज्यालो अभियान  प्रचारकोलागी नभएर वास्तविकताकोलागी भएको भन्दै कार्यक्रममा  सहभागी उद्योगी व्यवसायीलाई उत्साहित पार्दै मन्त्री शर्माले भने “तपाइ उद्योगी  व्यवसायीहरुले अब उर्जामा लगानी गनुहोस् । छर छिमेकलाई पनि भन्नुहोस् ।  उर्जामा गरेको लगानी कहिल्यै खेर जादैंन । ”

मन्त्री शर्माले आगामी वर्षमा विद्युत अभावले उद्योग बन्द गर्नु पर्ने अवस्था  नआउने भन्दै उद्योगी व्यवसायीलाई विश्वस्त हुन आग्रह गरे । उनले औद्योगिक  जिल्ला रुपन्देहीमा ३२ केभिएले नपुग्ने भएकाले एक वर्ष भित्र काम सम्पन्न गर्ने  गरी नयां टेन्डर खोल्न प्राधिकरणलाई निर्देशन दिए । नेताले भन्दा  उद्योगीले नै देशको विकास गर्ने भएकाले देशको पुँजीलाई समग्र राष्ट्रको  पुँजी मान्नु पर्ने मन्त्री शर्माले तर्क थियो ।

सोही अवसरमा विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसींगले बोल्दै  भैरहवा बुटवलमा छिट्टै लोडसेडिंग मुक्त बनाउन तयारी थालेको जनाए । उनले  भने यो क्षेत्रमा रहेको विद्यूत समस्या चाडैं नै समाधान हुन्छ ।  उक्त कार्यक्रममा संघका अध्यक्ष रामकुमार शर्माले विद्यूतको अनियमितताको कारण यस क्षेत्रमा उद्योग व्यवसाय मारमा परेको गुनासो गरेका थिए ।

ठूलो उद्योग धन्दा मात्रै होइन सामfन्य व्यवसाय , भैरहवा विशेष आर्थिक क्षेत्र र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरबका आयोजनामा सन्चालनमा पनि विद्यूतको अनियमितताले ठूलो समस्या पारेको व्यवसायीले मन्त्री समक्ष गुनासो गरे ।

नेपालको पहिलो विशेष आथिक क्षेत्र सेजको कानुन पास भईसकेको र उद्योग लगाउन विभिन्न उद्योगहरुले सम्झौता गरिसकेको भएपनि समयमा उद्योग संचालनको लागि विद्युत व्यवस्थाको ग्यारेन्टी नभएको जानकारी गराए ।