August 23, 2017

सप्तरीमा २ बर्षे बालककाे हत्या

दिनेश शर्मा /राजविराज, १६ बैशाख । सिरहाको नरहा–३ खोरियास्थित आफ्नै घरबाट वेपत्ता भएका दुई वर्षे बालक रंजन कुमार यादवको हत्या भएको छ । हत्या आरोपमा मृतकका काका सुरेश यादव पक्राउ परेका छन् ।
हत्या गरी गाडिएको अवस्थामा शनिवार विहान वालकको शव फेला परेको हो । गत बुधवार साँझ घरबाटै अचानक बेपत्ता भएका भरोसी यादवका छोरा रंजनको टाउको काटेर घर नजिकैको बारीमा गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्ध बज्राचार्यले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईहेको उनको भनाई छ ।
यसैगरी, सिरहाकै सिरहा नगरपालिका–१९ स्थित जोघिया टोलमा शुक्रबार पोखरीमा डुबेर समेश यादवका ४ बर्षिय छोरा धिरज कुमार यादवको मृत्यु भएको छ । घर नजिकै रहेको पोखरीमा डुबेर अचेत अवस्थामा भेटिएपछि उपचारका लागि जिल्ला अस्पताल सिरहा लैजादै गर्दा उनको वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।