October 17, 2017

अोलीलाई मनाउने देउवाको प्रयास असफल

काठमाण्डौ १६ बैशाख ।संविधान संशोधनको पक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाउने कांग्रेसको प्रयास असफल भएको छ ।
संविधान संशोधनका विषयमा कुरा गर्न काग्रेस सभापति शेर वहादुर देउवा शनिबार एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलालाई साथ लिएर बालकोट पुगेका देउवाको आग्रहमा एमाले अध्यक्ष केपी ओलीले संशोधनमा समर्थन गर्न नसकिने’ जवाफ दिए । साथै एमाले अध्यक्ष ओलीले संविधान संशोधनका लागि एमालेबिना दुईतिहाइ पुर्याउँछु भन्ने भ्रम नराख्न पनि आग्रह गरे ।

छलफलमा एमालेले बिचमा बजेट राखेर गरिने दुई चरणको चूनाव र जनताको हित विपरित रहेको संसोधन प्रस्तावमा कुनै हालतमा पनि स्वीकार गर्न नसकिने स्पष्ट पारेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

बैठकमा काँग्रेसले बजेटलाई सार्न सकिने बिषय पनि अघि सारेको थियो । जवाफलमा ओलीले जेष्ट १५ गर्ने आउने बजेटको संवैधानिक व्यबस्थालाई कुल्चन नहुने बताएको महासचिव पोखरेलले जानकारी दिए । यसअघि संसोधनका बिषयमा साथ दिन प्रधानमन्त्री पुष्प कमल दाहालले पनि एमालेसंग आग्रह गरेका थिए ।