September 25, 2017

यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौं, ११भदौ । मलेसियामा  हुने १९ वर्षमुनिको एसियाली क्रिकेट (पूर्वी क्षेत्र) का लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोलीमा परेका खेलाडीबाट अन्तिम टोली घोषणा गरेको हो ।

आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि टोलीमा कप्तानीको जिम्मेबारी दीपेन्द्र सिंह ऐरीले पाएका छन् । यसअघि सन्दीप लामिछाने कप्तान थिए । ऐरीकाे कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्यीय अन्तिम टोली घोषणा भएको हो ।

टाेलिमा काेकाे परे ?

१) दिपेन्द्रसिंह ऐरी (कप्तान)

२) सन्दिप लामिछाने

३) मोहम्मद असिफ शेख

४) सन्दिप सुनार

५) प्रनित थापा मगर

६) पवन सराफ

७) अनिलकुमार साह

८) रोहितकुमार पौडेल

९) किशोर महतो

१०) शाहब आलम

११) नन्दन यादव

१२) बिक्रमकुमार भुषाल

१३) सन्दिप जोरा

१४) सुमित महर्जन

वैकल्पिकमा-

१) कमल सिंह ऐरी

२) ललित नारायण राजवंशी

३) प्रकाश केसी

४) रिजन ढकाल

नेपाली टोली आउँदो सेप्टेम्बर ८ मा मलेसिया प्रस्थान गर्नेछ । आठ देश सहभागी रहने प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपाल रहेको समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान छन् ।

यस्तै समूह बी मा आयोजक मलेसियासहित हङकङ, चीन र म्यानमार छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली १९ वर्षमुनिको एसिसी एसिया  कपमा स्थान बनाउनेछ ।