August 19, 2017

तोकेकै मितिमा चुनाव हुन्छ शंका नगराै : शेरबहादुर देउवा

काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले तोकिएकै मितिमा चुनाव हुने भन्दै अनावश्यक शंका नगर्न आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले चुनाव नसर्ने र निर्धारित मितिमै सम्पन्न हुने बताएका हुन् । उनले मधेस केन्द्रित दलहरुको माग सम्बोधन गर्नकै लागि दुई चरणमा चुनाव गर्न लागिएकाले केहि दिनभित्रै ठोस निकास निस्कने बताए ।
सभापति देउवाले संविधान कार्यान्वयनका लागि कांग्रेस प्रतिवद्ध रहेको बताए । कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले सबैलाई मिलाएर लैजान सक्ने पार्टी कांग्रेस मात्र भएको दाबी गरे ।
केन्द्रिय सदस्य तथा स्वास्थ्य मन्त्री गगन थापाले सहमतिमा प्रदेशको सीमा यताउता भएपनि देशको सीमा भने यताउता नहुने बताए ।