August 23, 2017

माअाेवादी केन्द्रका सात केन्द्रिय नेताले पार्टी त्याग गरे

पुरुषोत्तम गिरी / सल्यान १६ वैशाख  । गैर राजनीतिक व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको भन्दै असन्तृष्ट नेकपा माओवादी केन्द्रका सातजना केन्द्रिय सदस्यहरुले राजिानामा दिएका छन् । उनिहरुले पार्टीका सबै जिम्मेवारीबाट  राजिनामा दिएको बताएका छन् ।
राजिनामा दिने केन्द्रिय सदस्यहरुमा ज्ञान बहादुर वली ‘माइकल’, टिकाराम वली ‘दर्शन’, सेतिराम वली ‘दिनेश’, हरिलाल डिसी ‘दिनेश’, सुम्निमा डिसी ‘निर्माता’, टंक प्रसाद शर्मा ‘सौगात’ र कमला वली ‘श्रृंखला’ रहेका छन् । उनिहरुले माओवादी केन्द्रको प्रदेश नम्वर ६ ले अन्यापुर्ण ढंगले वागचौर नगरपालिकाको लागी मेयर र उपमेयरको छनौट गरेको भन्दै विज्ञप्ती प्रकाशित गरी राजिनामा गरेका हुन ।
उनिहरुले सविधानसभा सदस्य टेक बहादुर बस्नेत, सल्यान रुकुम यातायातका अध्यक्ष लोकमान वली, सल्यान उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एउटै टोलको हुँदाहुदै पनि मेयर पनि सोहि टोलमा लिन खोज्नु कार्यकर्ताको भावना विपरित हुने बताएका छन् । राजिनामा दिने सातै जना केन्द्रिय सदस्य वागचौर नगरपालिकाका हुन ।
लामो समयदेखि पार्टीमा त्याग गरेका र पुराना अग्रज नेताहरुलाई वाइपास गरेर गैरराजनीतिक व्यक्ति यातायात व्यवसायीलाई लोकमान बुढाथोकीलाई टिकट दिइएको उनिहरुले बताएका छन् ।
माअ‍ोवादीको प्रदेश नम्वर ६ को वैठकले हिजो मात्रै वागरचौर नगरपालिकामा मेयरको उम्मेदवारको रुपमा लोकमान बुढाथोकी एलमान र उपमेयरको रुपमा कल्पना घर्ति रचनालाई अघि सार्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले वागचौर नगरपालिकाबाट सिफारिस गरीएका मेयरका ३ जना उम्मेदवारमा लोकमान बुढाथोकी, ज्ञान बहादुर वली र टिकाराम वली थिए भने उपमेयरको उम्मेदवारको रुपमा, कल्पना घर्ति, सुम्निमा डिसी, कमला वलीलाई सिफारिस गरेको थियो ।