मेसी र बुफोनलाई पराजित गर्दै रोनाल्डो बने युएफा वर्ष खेलाडी

काठमाण्डाै, ९ भदौ । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछिपार्दै युएफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन् ।

यो अर्वाडसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधि जितेका छन् । उनका प्रतिद्वन्दी लियानल मेसीले भने दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन् । रोनाल्डोले ४ सय ८२ प्वाइन्ट्स, मेसीले १ सय ४१ प्वाइन्ट्स र बुफोनले १सय ९ प्वाइन्ट्स प्राप्त गरेका छन् ।

लगातार दुई पटक च्याम्पियन्स लिग जित्न सफल रियल मड्रिडका लागि रोनाल्डोको प्रदर्शन उत्कृष्ट थियो। प्रतियोगितामा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता भएका थिए। उनले लालिगामा भने ४६ खेलमा ४२ गोल गरेका थिए ।

यो उपाधीसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधि हात पारेका छन् । यस्तै युभेन्टसका गोलरक्षक बुफोनले वर्षको उत्कृष्ट गोल रक्षकको अवार्ड हात पारे ।

त्यस्तै रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोसले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारे भने रियलकै अर्का खेलाडी लुका मोद्रिकले उत्कृष्ट मिडफिल्डरको उपाधि जिते ।

रोनाल्डोले यो वर्षको उत्कृष्ट फर्वाडको उपाधि पनि हात पारेका छन् । त्यस्तै महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् ।