संविधान संशोधन बिद्येयक सत्तारुढ दलहरुबाटै फेल गराइएकाे एमालेकाे निश्कर्ष

काठमाण्डौ ७ भदाै । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नियोजित रुपमा नै सत्तापक्षले संविधान संशोधन बिद्येयक फेल गराएको ठहर गरेको छ ।

पार्टी मुख्यालय धुम्वाराहीमा बुधबार बसेको एमाले स्थायी कमिटीकाे बैठकले एमाले पार्टीका विरुद्ध चुनावी एजेण्डा बनाउन सत्तापक्षले नियोजित रुपमा संविधान संशोधनको विधेयक फेल गराएको निष्कर्ष निकालेको हो ।

प्रतिपक्ष दल एमालेसंग कुनै छलफल नै नगरि संशोधन बिद्येयक सदनबाट अघि बढाउनुले पनि पार्टीका विरुद्ध चुनावी एजेण्डा बनाईएको एमालेको आरोप छ ।

बैठकपछि एमाले सचिव युवराज ज्ञवालीले मधेसी दलसँग एमालेको दूरी बढाउने र एमालेलाई लाञ्छना लगाउन सरकारले संशोधन विधेयक फेल गराएको बताए  । यस्तै बैठकमा प्रदेशसभा र प्रतिनिधिसाको चुनावको तयारीबारे पनि छलफल भएको ज्ञवालीले जानकारी दिए ।

बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावको लागि दल दर्ता गर्ने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए । प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि आउँदो आइतबारसम्ममा दल दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ ।