October 22, 2017

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता खेलाडी सम्मानित

लाेकेन्द्र विष्ट/ काठमाण्डौ, १५ वैशाख । जापानको ओसाकामा भएको १५ औं जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीलाई एनआरएन जापानले नगदसहित सम्मान गरेको छ ।

अप्रिल २३ देखि २५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र २ काँस्य पदक जितेको थियो । उक्त प्रतियोगितामा प्रजुन कुइँकेल र विवेक श्रेष्ठले स्वर्ण जितेका थिए भने प्रगति कुइँकेलले १ रजत जितेकी थिइन् । त्यस्तै विवेकले थप एक काँस्य पदक हात पार्दा तिलक लामा १ काँस्य पदक हात पारेका थिए ।

प्रशिक्षक एनटीएका अध्यक्ष अशोक खड्का तथा व्यवस्थापक युनिटी तेक्वान्दो एकेडेमी हङकङका अध्यक्ष दिल गुरुङ पनि सोही अवसरमा सम्मानित भए ।