October 22, 2017

दिलिप स्मृति तेक्वान्दो डोजाङ र मनमैजु तेक्वान्दो डोजाङलाई समान ३-३ स्वर्ण

लाेकेन्द्र विष्ट/ काठमाण्डौ, १५ वैशाख । प्रथम काठमाण्डौ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार दिलिप स्मृति तेक्वान्दो डोजाङ र मनमैजु तेक्वान्दो डोजाङले ३ स्वर्ण जितेको छ ।

चन्द्रागिरी तेक्वान्दो डोजाङको आयोजनामा भइरहेको प्रतियोगितामा लैनचौर तेक्वान्दो डोजाङले २ तथा श्रमिक तेक्वान्दो डोजाङले १ स्वर्ण हात पारे । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले गरेका थिए ।

थानकोटको कोटघरमा भइरहेको दुईदिने प्रतियोगितामा विभिन्न १५ डोजाङका २ सय ७० खेलाडीले १८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।