सुदूरपश्चिम पृतनाद्वारा विद्यालयलार्इ फर्निचर वितरण

डोटी, ४ भदौ । नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायलले आफनो १३ औं वार्षिकोत्सवको अवसरमा शिखर नगरपालिकाकाे भगवती आधारभुत विद्यालयलार्इ करिब एक लाख बराबरको फर्निचर वितरण गरेको छ ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागि बस्न तथा पढ्नका लागि सजिलो होस भन्ने उदेश्यका साथ उक्त फर्निचर वितरण गरिएको हाे । सेनाले फर्निचर वितरण गरेपछि स्थानीयबासिन्दा तथा विद्यालयका शिक्षकहरु निकै खुसी भएका विद्यालयका प्रधानाध्यापक सरस्वती शाहीले बताइन् ।

त्यस्तै सेनाले विद्यालयमा निशुल्क स्वास्थ्य शिविर तथा उक्त विद्यालयमा रहेका १८० जना विद्यार्थीहरुलाई बडा खाना समेत खुवाएको थियो । सेनाले सञ्चालन गरेको उक्त निशुल्क स्वाथ्य शिविरबाट तीन दजर्न बढीले सेवा लिएको सुदूरपश्चिम पृतनाका सह सेनानी नविन गुरुङले बताएका छन् ।