रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार

रुपन्देही, ४ भदौ । रुपन्देहीको बेलहिया नाकाबाट ओमान र दुबई लैजानेक्रममा तीनजना युवतीको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

राजिव श्रेष्ठ, हर्के राई र नविन भन्ने व्यक्तिले उनीहरूलाइ प्रलोभन देखाएर भारतबाट आएका महेशकुमार गुप्ता र अनु खानको जिम्मा लगाउन थालेको प्रहरीले बताएको छ । युवतीको उद्धार भएपनि आरोपी भने पक्राउ परेका छैनन् ।