October 22, 2017

मुलुुकको समृद्धिका लागि साना तथा घरेलु उद्योग महत्वपूर्ण

विजय राई / धनकुटा १५ वैशाख । मुलुकलाई समृद्धि बनाउन शहर देखि गाँउ गाँउ सम्म घरेलु तथा साना उद्योगहरु स्थापना गर्नु पर्ने धनकुटामा संचालित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिले पाख्रिवासमा संचालन गरेको दुई महिने सिलाई कटाई र ४५ दिने डकर्मी तालिममा उद्यमी तथा प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रम घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख सत्य नारायण राईको संयोजकत्वमा भएको थियो ।

कार्यक्रमका अन्य सहभागिहरुले सहर देखी गाउँ सम्म साना उद्योगहरु संचालन गरी मुलुकलाई समृद्धि बनाउन सकिनेमा जोड दिए ।