October 23, 2017

अन्ततः निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता हुने

काठमाण्डौ, १५ वैशाख । शुक्रबार सरकार र विद्यार्थी संगठनबीच भएको वार्तापछि निजी विद्यालयहरूले बढाएको शुल्क फिर्ता हुने भएको छ ।

निजी विद्यालयहरूले अत्याधिक शुल्कवृद्धि गरेकाे भन्दै बढेको शुल्क फिर्ता लिन दबाब दिन विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन गर्दै आएका थिए । शुक्रबार दुई पक्षबीच भएको सहमति अनुसार निजी विद्यालयहरूले १५ दिनभित्र शुल्कवृद्धि फिर्ता लिने सहमति समेत भएको छ ।

शुल्कवृद्धि फिर्ता नलिए कारबाही गर्ने सहमति पनि दुई पक्षबीच भएको अनेरास्ववीयुकी अध्यक्ष नविना लामाले जानकारी दिइन् । सहमति भएसँगै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएका छन् ।